इटहरी : धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट किशोर राईले मेयरका लागि टिकट पाएका छन् ।
नेपाली कांग्रेस धरानका पूर्वसभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल राईलाई धरानको मेयरका लागि टिकट दिने निर्णय भएको हो ।














Discussion about this post