धनकुटा : धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटा नगरपालिका वडा नं ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट शुक्रवार फेला परेको प्रहरीले जनाएको छ ।
तिम्सिनाले नक्कली नोट फेला परेको भनि प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली गएर बुझ्दा ६५र८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताएका छन् ।
उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
निर्वाचनका मुखमा धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीय व्यापारी चिन्तित बनेका छन् ।













Discussion about this post