नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना सङक्रमणमुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post