धरान : धरान ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान ४ नम्बरमा एमाले प्यानलका धनबहादुर राईको टिम नै विजयी भएको हो । राईले ८२६ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङले ६१२ मत प्राप्त गरेका थिए ।
यसैगरी महिला सदस्यमा मीना तामाङले ८२९, दलित महिला सदस्य लीलादेवी गहतेले ८१३, खुल्ला सदस्यमा गोरसमान आले मगरले ८०३ र राजेन्द्र राई (राजन) ले ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।














Discussion about this post