इटहरी : इटहरीमा पसल तोडफोड गरी मोबाइल पसलमा चोरी भएको छ ।
इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सपना मोबाइल सेन्टरमा आइतबार राति पसल तोडफोड गरी मोबाइल पसलमा चोरी भएको हो । सञ्चालक खड्ग श्रेष्ठका अनुसार १५ वटा मोबाइल सेट चोरी भएको छ ।
पसलको ढोका फोडेर करीब तीन लाख बराबरको मोबाइल सेट चोरी भएको उनले बताए ।
सीसीटिभी फुटेज अनुसार दुई जनाले मोबाइल चोरी गरेको देखिएपनि मानिस पत्ता लागेको छैन ।
चोरीको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेर चोरीमा संलग्नको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post