इटहरी : राजस्व छलेर अबैध रूपमा विराटनगर महानगरपालिका ४ बाट इटहरीतर्फ ल्याउँदै गरेको ४० लाख मूल्य बराबरको समानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् ।
चौधरीले बीआर ३३ जीबी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रूपमा राजस्व छलेर इटहरीतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर ४ बाट प्रहरीले पक्राउ गरेको हो ।
अबैध समानसहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post