इटहरी : इटहरीमा आफ्नै आमाले तीन महिने शिशुको घाँटी थिचेर हत्या गरेकी छन् ।
इलाका प्रहरी कार्यालय पकलीका इन्सपेक्टर रवीन्द्र थापाका अनुसार इटहरी १७ मुसहर टोलकी ३२ वर्षीया उर्मिला सुनारले आफ्नै तीन महिने छोरा भुवन बिकको हत्या गरेकी हुन् ।
मदिरा सेवन गरेका कारण घाँटी थिचेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
‘मदिरा सेवन गरेका कारण घाँटी थिचेर हत्या गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इन्सपेक्टर थापाले टाकुरासँग भने, ‘पोस्टमार्टम रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि मात्रै बाँकी कुरा खुल्छ ।’
उनका अनुसार घटना गत जेठ २४ गते साँझ ५ः१० बजेतिरको हो । प्रहरीले सोही दिन उर्मिलालाई नियन्त्रणमा लिएपनि घटना आज (बुधबार) मात्रै सार्वजनिक गरेको हो ।
‘हामीले घटना भएकै दिन नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएका छौँ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
पक्राउ परेकी उर्मिलामाथि कर्तव्य ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।













Discussion about this post