इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ ।
शुक्रबार ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख र संघीय विशेष अनुदान ९ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँड १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार र प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशनबाट ३२ करोड बजेट अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि खर्च बेर्होने स्रोतमध्ये आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार अनुमान गरिएको छ।
बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिने उल्लेख छ। भौतिक पूर्वाधारबाहेक स्वास्थ्य, शिक्षा, कृषि, पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतलाई समेटिएको उपप्रमुख संगीता चौधरीले बताइन् ।














Discussion about this post