Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेनपावरमा प्रशासनको अनुगमन, यी कम्पनी अवैध भेटिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेनपावरमा प्रशासनको अनुगमन, यी कम्पनी अवैध भेटिए
494
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरू ठगिने क्रम रोकिएको छैन ।

वैदेशिक रोजगारीको नाममा युवा पुस्तालाई ठगी गर्ने मेनपावर तथा व्यक्तिहरूले ठगी गरेको उजुरी आउने गरेका मेनपावर कम्पनी ज्यादा छन् ।

बिना इजाजत शाखा कार्यालय खोलेर वैदेशिक रोजगारमा जानेहरूको राहदानी कब्जा गर्नेदेखि तोकिएको शुल्क भन्दा बढी रकम उठाउने कार्यमा यस्ता मेनपावरहरू प्रत्यक्ष संलग्न छन् ।

इटहरी उपमहानगर क्षेत्रमा मात्र १६ वटा इजाजत प्राप्त मेनपावर कम्पनीका शाखा कार्यालय छन् । तर, इटहरीमा ६० भन्दा बढी शाखा इजाजत नभएका मेनपावर कम्पनी छन् । जुन कानुनी रुपमा अवैध हुन् ।
यसरी सञ्चालित मेनपावर कम्पनीलाई कानूनी रूपमा प्रतिबध लगाउन पहल थालिएको छ ।

जसअनुसार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीको सहकार्यमा इटहरीमा सञ्चालित अवैध मेनपावरमा छापा मारेको हो । आइतबार इटहरीभित्र रहेका ७ वटा मेनपावरमा संयुक्त अनुगमन टोलीले छापा मारेको छ ।

७ वटामा ३ वटा मेनपावर अवैध भेटिएका छन् । अधिकांश अवैध मेनपावरमा पुगेको अनुगमन टोली कार्यालयमा ताला लगाएर हिँडेका छन् ।

अनुगमन टोलीले इटहरीको टेङ्ग्रा पुल पारी, धरान लाइन, गोरखा गल्ली तथा लण्डन होटल अगाडिमा रहेका मेनपावरहरूमाथि छापा मारेको थियो ।

आइतबार अनुगमन गरिएका मेनपावर कम्पनीमध्ये हरि मगरले सञ्चालन गर्ने ग्राण्ड स्वीइट, टंकमान राईको प्रोग्रेसिप र दीपक खतिवडाको लाइफ लाइन मेनपावर अवैध भेटिएको जनाइएको छ । त्यसमा प्रहरीले प्रोग्रेसिप मेनपावरका दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले केही मेनपावरका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । यसरी सञ्चालित मेनपावर कम्पनीबाट ठगिएको गुनासोको आधारमा अनुगमन गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ ।

अनुगमनको क्रममा पूर्व स्वीकृत नलिएका, शाखा कार्यालयको लागि स्वीकृत लिएका तर इजाजतपत्र नपाएका मेनपावर कम्पनी भेटिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पूण्यप्रसाद पौडेलले जानकारी दिए ।

अनुगमनको क्रममा अवैध रूपमा सञ्चालित मेनपावर बन्द अवस्थामा समेत भेटिएको उनले बताए । अनुगमनको पूर्व सूचना चुहिएका कारण धेरैजसो कम्पनी ताला ठोकेर सञ्चालक फरार भएको उनको भनाइ छ ।

साथै अनुगमन टोलीले अवैध रूपमा रहेका मेनपावर कम्पनीका घर धनीको समेत विवरण संलग्न गरिएको छ । घर धनीलाई त्यस्ता अवैध मेनपावर कम्पनीलाई घर तथा कोठा भाडामा नदिन पत्र काटिने जनाइएको छ । अनुगमनको क्रममा कतिपय मेनपावरले घर भाडा समेत नदिएर दुःख दिएको गुनासो अनुगमन टोलीसँग गरेका थिए ।

यसरी दैनिकजसो जन स्तरबाट गुनासो आएसंगै इलाका प्रहरी कार्यालय इटहरीले समेत केही मेनपावर कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिन थालेको छ । इटहरी उपमहानगर क्षेत्रमा अवैध रूपमा सञ्चालित कम्पनीहरू सञ्चालन गर्न नदिने इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए ।

आइतबार अनुगमन गरिएका मेनपावर कम्पनीमध्ये हरि मगरले सञ्चालन गर्ने ग्राण्ड स्वीइट, टंकमान राईको प्रोग्रेसिप र दीपक खतिवडाको लाइफ लाइन मेनपावर अवैध भेटिएको जनाइएको छ । त्यसमा प्रहरीले प्रोग्रेसिप मेनपावरका दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

Tags: #अनुगमनमेनपावर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1369 shares
    Share 548 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.