विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैँचा नगरपालिका ६ का २७ वर्षीय विजय राईलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल बरामद गरिएको छ ।
यस्तै, १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा ३५ प २७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सुन्दरहरैँचा नगरपालिका १२ का २० वर्षीय अभिषेक चौधरी र पछाडि सवार सुन्दरहरैँचा नगरपालिका१२ कै १९ वर्षीय निशान गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नाइट्रोभेट ३० ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post