झापा : झापाको मेचीनगर नगरपालिका १० धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जीतपुर नगरपालिका ९ बस्ने २० वर्षीय नीरज राय रहेका छन् ।
बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर राय भागेका थिए ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्रीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।












Discussion about this post