झापा : झापामा अवैध सुपारीसहित पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारीसहित पिकअप बरामद गरेको हो ।
शनिबार बिहान ११ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मे १ च ४९८० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा करीब सात सय केजी अवैध सुपारी बरामद गरेको हो ।
उक्त सुपारी अन्दाजी दुई लाख ८८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको रहेको जनाइएको छ ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ वर्षीय दानबहादुर पोख्रललाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post