इटहरी : सुनसरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सुनसरी जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
प्रदेश नं.१ का सबै जिल्ला पूर्ण खोप सुनिश्तितता घोषणा भएसँगै आगामी दिनमा जन्मिने बच्चा कोही नछुट्ने वातावरण सिर्जना गर्नुपर्ने प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
सुनसरीलाई पूर्ण खोप सुनिश्चित घोषण कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी, इन्द्रदेव यादव, जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं लगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्न प्रतिबद्दता पत्रमा हस्ताक्षर गरेका छन् ।













Discussion about this post