इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कोशीटप्पु बन्यजन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ वर्षीय धीरज तामाङ रहेका छन् ।
कोशीटप्पु बन्यजन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२–०४४ प ६६८१ नम्बरको स्कुटर चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
स्कुटर पछाडि सवार धरानकै २८ वर्षीय संगेन्द्र विष्ट घाइते भएका छन् ।
उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।















Discussion about this post