इटहरी : नेपालमा कोरोना संक्रमित बढ्न थालेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।














Discussion about this post