इटहरी : बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ घर भइ हाल सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की रहेका छन् ।
कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार (आज) धरान १२ छाताचोकस्थित लुकिछिपी बसेको अवस्थामा फेला पारेको पक्राउ गरेको हो ।
फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरिवाना भइ लगत नं. ७६१ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post