झापा : झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैध रूपमा भारततर्फ लैजादैँ गरेको ३३५ केजी सुपारी प्रहरीले बरामद भएको छ ।
अबैध रूपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सुपारी बरामद गरेको हो ।
मेचीनगर नगरपालिका ६ बाट १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाटै १६० केजी सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएको सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post