झापा : विना बिल भारत तर्फ अवैध रुपमा लैजादै गरेको २६ काटुन वियर प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी विओपी र इलाका प्रहरी कार्यालय केचनाको सयुक्त टोलीले शनिबार दिउँसो कचनकवल ४ लोदाबारीबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
को १ च ६२३४ नम्बरको रातो प्लेट रहेको पिकअफ गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । बरामद सामानमा गोर्खा ९ कार्टुन, अर्ना १७ कार्टुनसहित कोक, स्प्राईट रहेको छ ।
प्रहरीले सामान सहित गाडीचालक इलाम देउमाई नगरपालिका २ का २३ वर्षिय कपिल मगरलाइ नियन्त्रणमा लिएको पाठकले बताएका छन् । प्रहरीले बरामद गरेको गाडीसहित सामानको अन्दाजी ७ लाख ७८ हजार ६ सय मूल्य कायम गरी आवश्यक कारबाहीका लागि आइतबार भद्रपुर भन्सार बुझाइएको पाठकले जानकारी दिएका छन् ।
सामान छुटाउन स्थानीय केही नेता घटनास्थल पुगेर प्रहरीलाइ दवाव दिएको स्रोतले जनाएको छ । सामान छुटाइदिएवापत कारोबारीबाट केही रकम पाउन पल्किएका केही नेताको धन्दा पछिल्लो समय भद्रपुरमा बढेको पाइएको छ ।












Discussion about this post