धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्री रहेका छन् ।
उनलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारेर सुनसरी जिल्ला अदालतमा हाजिर गराई कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post