झापा : झापाको कचनकवल गाँउपालिका ४ स्थित नेपाल भारत सीमाक्षेत्रबाट प्रहरीले अबैध रूपमा भन्सार छली लगेको सामान प्रहरीले बरामद गरेको छ ।
गत २१ गते बेलुका इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ६२३४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा अबैध रूपमा भन्सार छली लैजाँदै गरेको सामान बरामद गरेको हो ।
बियर २६ कार्टुन, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल र कोकाकोला २ बण्डलको अन्दाजी ७ लाख ७८ हजार ६ सय बराबरको समान र पिकअप र चालक इलाम देउमाई नगरपालिका २ बस्ने २३ वर्षीय कपिल मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालकसहित सामानलाई भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post