रामधुनी : सुनसरीको रामधुनी घर भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन २ दिन कैद र १० हजार जरिवाना तोकिएपनि हालसम्म फरार रहँदै आएका रामधुनी नगरपालिका २ का २८ वर्षीय प्रतीक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका दाहाललाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post