ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु सहित काभ्रे पनौती नगरपालिका २ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post