इटहरी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव इटहरीमा सामान्य छ ।
(आज) मंगलबार बिहान सडकमा सवारीसाधन छिटपुट देखिएपनि अहिले सवारीसाधनको चाप बढ्दै गएको छ ।
विप्लवले नेपाल बन्द घोषणा गरेसँगै मंगलबार यहाँका अधिकांश विद्यालयहरू बन्द गरिएको थियो ।
इटहरी चोक आसपासका क्षेत्रहरूमा सवारीसाधनहरू विगत भन्दा कमै चलेपनि बन्दको प्रभाव सामान्य रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
आफ्ना नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पारित गरिएको, महंगी बढेको भन्दै विप्लव नेतृत्वको नेकपा समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।














Discussion about this post