इटहरी : सुनसरीमा श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार सुनसरीको इनरुवा नगरपालिका ४ की २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ वर्षीय विनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साल जेष्ठ ४ गते राति श्रीमतीको हत्या गरी घटनास्थलबाटै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत पक्राउ गरेको हो ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post