इटहरी : प्रेस चौतारी इटहरीद्वारा पत्रकारितामा सक्रिय तथा पत्रकारितामा रुचि राख्नेहरूलाई सात दिने फोटोसप तथा भिडियो मिक्सिङ सम्बन्धि प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रेस चौतारी इटहरीका अध्यक्ष रेवती निरौलाका अनुसार २० जना सहभागीलाई सात दिने फोटोसप तथा भिडियो मिक्सिङ सम्बन्धि प्रशिक्षण आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमलाई फोटोग्राफर विशप ताम्राकार, पत्रकार हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टी इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धि तथा पत्रकार कृष्णचन्द्र सुवेदी र दीपेश खतिवडाले भिडियो मिक्सिङ सम्बन्धि सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी प्रेस सेन्टर नेपालका उपसचिव राजन केडी, पत्रकार तुलसी सुवेदी, प्रेस चौतारी इटहरी नगर इञ्चार्ज विकल पौडेल लगायतको उपस्थिति थियो ।














Discussion about this post