विराटनगर : विराटनगरका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुईजनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर ३ मा अटो टेम्पोले ठक्कर दिँदा सडक क्रस गर्दै गरेकी वृद्धा महिलाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर १२ की ७७ वर्षीया हिमा निरौलाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विराटनगर ११ रामपुर चोकस्थित एउटा कपडा फ्याक्ट्रीमा कार्यरत एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।
केशरी निपेट वर्कशप कपडा फ्याक्ट्रीमा मिस्त्रीका रूपमा कार्यरत विराटनगर १ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post