ताप्लेजुङ : ताप्लेजुङमा ६३ वर्षीय वृद्वले सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।
सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाका ६३ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार पक्राउ पर्नेमा आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ६३ वर्षीय कैलाश पोमू लिम्बू रहेका छन् ।
पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post