विराटनगर : विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको गाडीसहित चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ ।
चीनबाट भारत हुँदै नेपाल आएको आठ गाडी स्याउ मोरङ प्रहरीले शुक्रबार राति विराटनगर १३ मलायारोडबाट नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनमार्फत् नेपाल भित्र्याइएको स्याउसहित नेपाली ट्रकमा लोड गर्दै गरेको थप तीन वटा ट्रकसहित जम्मा आठ वटा गाडीमा रहेको चाइनिज स्याउ नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएका आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयले आइतबार (आज) मात्र बुझ्ने भएको छ ।
भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सबै गाडीका चालक पनि पक्राउ परेका छन् ।



















Discussion about this post