संखुवासभा : जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जबरजस्ती करणी उद्योगका फरार आरोपित पाँचखपन नगरपालिका १ का २३ वर्षीय महेन्द्र लिम्बूलाई तीन बर्षपछि पक्राउ गरिएको हो ।
लिम्बू चैनपुर ४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बूलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजायसँगै १५ हजार रुपैयाँ जरिवाना तोकिएपनि उनी फरार थिए ।
उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपैयाँ जरिवाना भराउन आदेश दिएको थियो ।
१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडितले उजुरी दिएका थिए ।














Discussion about this post