मोरङ : विराटनगर महानगरपालिका १२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्बरको ट्याक्टरमा करीब ३७ लाख मूल्य बराबरको विभिन्न प्रकारका मोटर पार्टसहरू भारतबाट अबैध रूपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको अबैध सामग्री तथा ट्याक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post