इटहरी : चोरी र लागूऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको विभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भइ फरार रहेका दुईजना प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चोरी मुद्दामा जिल्ला अदालत मोरङको २०७६।०३।११ गतेको फैसला आदेशले २५ दिन कैद र एक लाख ५० हजार जरिवाना तोकिएका इटहरी उपमहानगरपालिका १३ का ३७ वर्षीय भुवन राजवंशी र लागूऔषध मुद्दामा २०७७।११।०३ गतेको फैसला आदेशले तीन महिना २५ दिन कैद तोकिएका इटहरी उपमहानगरपालिका १० का ३० वर्षीय ज्ञानेन्द्र चौधरीलाई बुधबार (आज) पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post