इटहरी : इटहरीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार पक्राउ पर्नेमा इटहरी १० का ३४ वर्षी दिलीप चौधरी रहेका छन् ।
आठ वर्षदेखि ज्यान मार्ने उद्योग कसुर मुद्दामा फरार रहेका प्रतिवादी चौधरीलाई शनिबार इटहरी १० खनारबाटै पक्राउ गरिएको हो ।
उनलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत सुनसरीले मिति २०७१।०६।११ गते पाँच वर्ष कैद सजाय तोकेको थियो ।
कैद सजाय तोकिएपनि फरार रहेका उनलाई पक्राउ गरी आज (आतइबार) अदालतमा हाजिर गराइएको डीएसी राईले जानकारी दिए ।














Discussion about this post