इटहरी : इटहरीमा विद्युतीय स्कुटरको बिक्री सुरु गरिएको छ ।
सोमबार एक कार्यक्रमको उद्घाटन गर्दै इटहरीको पश्चिम लाइनस्थित महेन्द्र पेट्रोल पम्प अगाडि विद्युतीय स्कुटरको बिक्री केन्द्र सञ्चालनमा आएको हो ।
सञ्चालक दीपक कार्कीले पछिल्लो समय दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य वृद्वि भएसँगै आफूहरूले विद्युतीय स्कुटरको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
नव दुर्गा ग्रुपले सञ्चालनमा ल्याएको स्कुटरको बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
लुयान कम्पनीको स्कुटर एकपटक गरिएको फुल चार्जले ८० किलोमिटर माइलेज दिने र प्रतिघण्टा ६५ किलोमिटरसम्म स्पीड सम्म चलाउन सकिने कार्कीले बताए ।
एक लाख ८० हजार बजार मूल्य रहेको सो स्कुटर फाइनान्समा पनि खरिद गर्न सकिने बताइएको छ ।
‘यसको लागि अन्य छुट्टै चार्जर बनाउन परेन, घरमा फोन चार्ज गर्ने मिल्ने प्लकमै चार्ज गर्न सकिनेछ, फास्ट र स्लो दुवै चार्ज हुन्छ,’ कार्कीले भने, ‘फास्ट चार्जरबाट तीन घन्टामा फुल चार्ज हुने तथा स्लो चार्जरबाट भने साढे ४ घन्टासम्म लाग्नेछ ।’
पेट्रोल लाग्ने स्कुटरभन्दा तुलनात्मक रूपमा सस्तो हुने उनले बताए ।
उनका अनुसार यातायातमा कर पनि कम लाग्ने भएकाले उक्त स्कुटरको माग बढ्दो छ । कार्कीसहित मोहन पोखरेल, देवी खनाल, मनोज दाहाल र ईश्वर काफ्लेले उक्त बिक्री केन्द्र सन्चालनमा ल्याएका हुन् ।



















Discussion about this post