इटहरी : डेङ्गुका बिरामी बढ्न थालेपछि इटहरी उपमहानगरपालिकाले नियन्त्रणका लागि सचेतना र अभियान आज (सोमबार)बाट सुरु गर्ने भएको छ ।
उपमहानगरका मेयर हेमकर्ण पौडेलको सचिवालयले डेङ्गु नियन्त्रणको लागि सुरु हुने अभियानमा सघाउन नगरवासीमा अनुरोध गरेका छन् । अस्पतालमा पनि डेङ्गुका बिरामी बढ्न थालेपछि सचेतना अभियान उपमहानगरले सुरु गर्न लागेको हो ।
आइतबार इटहरी उपमहानगरले डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि सरोकारवालाहरूसँग छलफल समेत गरिएको छ ।
सोमबारबाट वडास्तरीय अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिने भएको छ ।
मेयर पोडेलले डेङ्गु रोकथाम तथा नियन्त्रण अभियानमा सघाउन समस्त नगरवासीमा अनुरोध समेत गरेका छन् ।













Discussion about this post