इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
डीएसपी राजन राईका अनुसार विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनका अनुसार पक्राउ गरेर आज (मङ्गलबार) एकै दिन ६१ जना प्रतिवादीलाई अदालतमा बुझाइएको छ ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुल गरेर छाड्ने गरिन्छ ।
चालु आर्थिक वर्ष २०७९।०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।














Discussion about this post