इटहरी : इटहरी रंगशालामा शुक्रबार भएको प्रदेश नम्बर १ को महिला फुटबल छनौटको खेलमा धनकुटा, झापा, मोरङ र सुनसरी विजयी भएको छ ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा धनकुटाले उदयपुरलाई शुन्यको विरुद्ध तीन गोल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
धनकुटाको जितमा ९ र ३४ मिनेटमा अनिता गुरुङले गोल गरिन् । ५५ मिनेटमा थप १ गोल गर्दै सन्ध्या रम्तेलले गोल गर्दै धनकुटालाई जितका लागि सहज बनाइन् । अब धनकुटाले पहिलो सेमिफाइनल खेल सुनसरीसँग खेल्नेछन् ।
यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा झापाले खोटाङलाई ३–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतिस्पर्धा खेलमा २१ औं मिनेटमा पाएको पेनाल्टीमा सञ्जना राई गोल गरिन् । उनले खेलको ५१ औं मिनेटमा अर्को थप १ गोल गरिन् । यस्तै, खेलको ३६ औँ मिनेटमा लक्ष्मी श्रेष्ठले थप १ गोल गरिन् । झापाले सेमिफाइनल खेलमा मोरङसंग खेल्नेछ ।
यस्तै, तेस्रो क्वाटरफाइनल खेलमा मोरङले संखुवासभालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
मोरङको लागि खेलको ६ र ३१ मिनेटमा पूर्णिमा राईले गोल गरिन् भने थप अर्को गोल ६० औं मिनेटमा रिना बस्नेतले गोल गरिन् ।
अन्तिम क्वाटरफाइनल खेलमा सुनसरीले ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोलले विजय भएको छ । खेलको निर्धारित समयसम्म कुनै पनि टिमबाट गोल नभए पछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो ।
जसमा सुनसरीका लागि कृस्टी फर्जी, सर्मिला तामाङ र अनुजा प्रधानले गोल गरिन् भने ताप्लेजुङको लागि प्रतीक्षा राईले मात्र गोल गरिन् । विजेता सेमिफाइनल खेलमा धनकुटासँग खेल्ने बताइएको छ ।














Discussion about this post