इटहरी : इटहरी रंगशालामा आइतबार भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को महिला फुटबल छनौटको खेलमा झापाले स्वर्ण पदक जितेको छ ।
फाइनल खेलमा धनकुटालाई शून्यका विरुद्व १ गोल गर्दै झापाले स्वर्ण पदक जितेको हो ।
रोमाञ्चक खेलको पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल गर्न नसकेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।
झापाका लागि दोस्रो हाफको १८ औं मिनेटमा लक्ष्मी श्रेष्ठले एक गोल गरिन् । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि सोही गोल निर्णायक बन्न पुग्यो ।
प्रतियोगितामा दोस्रो भएको धनकुटाले रजक पदकमा चित्त बुझाएको छ भने सुनसरीले कास्य पदक प्राप्त गरेको छ ।














Discussion about this post