Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल नै किन ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०७९
in विचार, समाचार
0
राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल नै किन ?
311
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) एक अविछिन्न उत्तराधिकारिकवाला संगठित, स्वशासित, गैर नाफामुलक, गैर, राजनीतिक, तथा गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३२ मा रहेको छ ।

आयुर्वेद क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने आयुर्वेद क्षेत्रकै विकासको लागि राष्ट्रिय स्तरको संघ निर्माण गर्न वान्छनीय भएकाले संस्था दर्ता ऐन २०३४ को अधिनमा रही काठमाडौँ जिल्ला प्रशासनमा कार्यालय बैधानिक रूपमा दर्ता गरी स्थापना गरिएको हो ।

यो संस्था मुनाफारहित, जनहितकारी विशुुद्व सामाजिक संस्था हो ।

सम्पूर्ण आयुर्वेदकर्मीहरू, चिकित्सक, आयुर्वेद औषधी उत्पादक, आयुर्वेद स्वास्थ्यकर्मीहरूको साझा फूलबारीका रूपमा स्थापित गर्नका लगि यो संस्थाको स्थापना भएको हो ।

आयुर्वेद क्षेत्रको विकासका लागि राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) : यो संस्था एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित एवम् संगठित संस्था हुनेछ । यसले नेपालको आयुर्वेद क्षेत्रको विकास र अधिकारको लागि एकीकृत भएर काम गर्नेछ ।

आयुर्वेद क्षेत्रकै एकीकृत संस्था : यो संस्था आयुर्वेद क्षेत्रकै एकीकृत संस्था हो । यसले समग्र आयुर्वेद व्यवसायी, स्वास्थ्यकर्मी, चिकित्सक र आम आयुर्वेद क्षेत्रको हकहितको लागि संगठित भएर आवाज बुलन्द गर्नेछ ।

आयुर्वेद क्षेत्रका लागि सबैको प्यारो संस्था : आयुर्वेद क्षेत्रका लागि सबैको प्यारो संस्था बनाउन कटिवद्व छौँ ।

यसले आयुर्वेदको माध्यमबाट आयुर्वेद क्षेत्रको मन जित्नुको साथै रोजगारीको अवसर सृजना गरी दीगो समावेशी आर्थिक विकासका लागि रोजगारीमूलक उत्पादन प्रणालीमा समावेश गर्ने, आयुर्वेदकर्मीहरूले गर्व गर्न लायक संस्था निर्माण गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गरी आयुर्वेदप्रति आम जनमानसको ध्यानाकर्षण गराउने, सम्बन्धित संघसंस्थाहरूसँग सहकार्य गर्ने, आयुर्वेद आयुर्वेदको लागि दक्ष जनशक्ति उत्पादन गर्ने, रोजगारमूलक, सीपमुलक तालिम आयोजना गरी सबैको प्यारो बन्ने उदेश्य रहेको छ ।

आयुर्वेद चिकित्सा प्रणालीको विकासका लागि : यो संस्थाको मुख्य उदेश्य भनेको आयुर्वेद चिकित्सा प्रणालीको विकास हो । यस संस्थाले आयुर्वेद चिकित्सा प्रणालीलाई नेपालको मुल चिकित्सा प्रणालीको रूपमा विकास गर्न सरकार र सम्बन्धित निकायसमक्ष पहल गर्नेछ ।

एकता, सहकार्य र शिष्टाचारका लागि : आयुर्वेद क्षेत्रको विकास गरी समृद्द नेपाल निर्माण गर्न यस संस्थाले सरकारी र गैरसरकारी संस्था, राष्ट्रिय संघ, संस्थासँग सहकार्य गर्नेछ । आयुर्वेद क्षेत्रका औषधि व्यवसायी, कविराज, वैध, चिकित्सक, उत्पादक सबैलाई एउटै छानाचित्र आवद्ध गराई, एकता, मातृत्व, सद्भावना, सदाचार र शिष्टाचारको अभिवृद्धि गराउने काम गर्दछ ।

जडिबुटी उत्पादनका लागि : यस संस्थाले विकास र समृद्धिका लागि आयुर्वेद क्षेत्रको विकासका लागि, किासनहरूलाई आर्थिक अवस्था सुधार गर्नका लागि जडिबुटी खेती गर्ने र जडिबुटी खेती गर्न प्रोत्साहन गर्ने खालका तालिम, सेमिनार र गोष्ठी आयोजना गर्नेछ ।

समृद्ध नेपाल निर्माणका लागि : यस संस्थाले आयुर्वेदको माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि सरकारसँग समन्वय गरी आयुर्वेदको माध्यमबाट रोजगारीको सृजना गरी विदेश पलायन रोक्नेछ । र, आयुर्वेदको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न पहल गर्नेछ ।

निःशुल्क स्वास्थ्य शिविरका लागि : यस संस्थाले दीर्घ रोगी, अशक्त, फरक क्षमता भएका, गरीब, दुर्गम स्थानमा रहेर औषधि उपचारबाट बञ्चित समुदायलाई निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

आयुर्वेद र योगको विकासमा पहल : आयुर्वेद र योगका लागि यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । संस्थाले आयुर्वेद र योग शिक्षालाई अनिवार्य रूपमा शिक्षण संस्थाको पाठ्यक्रमको रूपमा आवद्धता गराउन सरकार तथा सम्बन्धित निकाय समक्ष पहल गर्नेछ ।

आयुर्वेद क्षेत्रको हक, अधिकारका लागि : संस्थाले आयुर्वेद क्षेत्रकै हक, अधिकारका लागि काम गर्नेछ । संस्थाको मुल नारा ‘अधिकारका लागि एकीकृत आवाज’ रहेको छ ।

स्वतन्त्रता, समानता र न्यायका लागि : यो संस्था एक स्वतन्त्र संस्था हो । यहाँ सबैलाई समान व्यवहार गरिनेछ । कुनैपनि प्रकारको विभेद र भेदभावन नगरी सबैप्रति संस्थागत विकासका लागि अग्रणी भूमिका खेल्नेछ । साथै, कुनैपनि राजनैतिक, धार्मिक, जातीय र भेदभाव झल्कने कार्य गरिनेछैन ।

गुणस्तरीय आयुर्वेद औषधि उत्पादनका लागि : आयुर्वेद सयौँ वर्षदेखि स्वास्थ्यसँग जोडिएर आएको कुरालाई आत्मसाथ गर्दै समग्र आयुर्वेद क्षेत्रको विकासका लागि यस संस्थाले आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै विभिन्न किसिमका जडिबुटीरू अनुसन्धान गर्न प्रोत्साहित गर्ने, प्रशोधनमा प्रोत्साहन गर्ने गरी गुणस्तरीय स्वदेशी आयुर्वेद औषधिको उत्पादन गरी आम नागरिक समक्ष सरल, सुपथ र सहज रूपमा पु¥याउन पहल गर्नेछ ।

आयुर्वेद क्षेत्रको विकृति, विसंगति निर्मूल पार्न : यस संस्थाले आयुर्वेद क्षेत्रमा भएका विकृति र विसंगतिलाई निर्मूल पार्नका लागि अग्रणी भूमिका निर्वाह गर्नेछ ।

सरकारसँग सहकार्य गर्न : यस संस्थाले आयुर्वेदसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक कार्य गर्नुका साथै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेछ ।

आयुर्वेदको सुरक्षित भविष्यका लागि : यस संस्थाले आयुर्वेद क्षेत्रको सुरक्षित भवियष्यको लागि आवाज बुलन्द गर्नेछ ।

हाम्रा चुनौती र सम्भावनाहरू 

हामी मानव जाति आफ्नो समाज र समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा आयुर्वेदको माध्यमबाट संगठित भई कार्य गर्न चाहन्छौँ । सयौँ वर्ष पहिलेबाट मानिसको स्वास्थ्यसँग जोडिएको आयुर्वेद क्षेत्रको विकास गर्न चाहन्छौँ ।

आयुर्वेदको विकास र समृद्धिका लागि केही नयाँ अभ्यास गरौँ भन्ने चाहन्छौँ । समाजका लागि आयुर्वेद क्षेत्रका लागि केही गरौँ भन्ने भएरै समाजमा नयाँ संगठनहरू जन्मन्छन्, यो संस्था पनि त्यही परिभाषाभित्र जन्मिएको हो ।

संस्था स्थापना गर्न जति सहज छ, त्यसको दीगो विकास, उचित व्यवस्थापन र प्रभावकारी सञ्चालन गर्न त्यति नै कठिन छ ।

सामाजिक संस्था स्थापना हुनु, सफलता प्राप्त गर्नु केही समय सञ्चालनपछि चरम राजनैतिक हुनु, नेतृत्वको लोभले एकाधिकार बन्नु, प्राइभेट लिमिटेड जस्तो तरिकाले चल्नु जस्ता गतिविधिले विस्तारै संस्थाहरूको अवस्था कमजोर हुँदै जाने र निस्क्रिय हुने क्रम देखिन्छ ।

एउटै संस्थाले जीवन्त रही रहेको अवस्था भने निकै कम देखिन्छ । स्थापनाकालमा सुनौलो आशाका किरणहरू लिएर झुल्किएका संस्थाहरू समयको गतिशिलतासँगै अस्ताएर जान्छन् ।

नेपालका आयुर्वेद संघसंस्थाहरूको इतिहास हेर्ने हो भने सुरुवाती अवस्थामा सबै संस्थाहरूका कार्य प्रगति प्रशंसनीय रहेका छन् । चलायमान समयको गतिसँगै ती संस्थाहरूको यात्रा भने क्रमशः ओरालो लाग्दै गएको हामी सहजै अनुमान लगाउँछौँ ।

कुशल नेतृत्व, समय सापेक्ष कार्ययोजना, समान अवसर र रणनीतिहरूको निर्माण गर्न नसक्दा आयुर्वेदका संस्थाहरूले फड्को मार्न सकेको छैन । संस्थाको उदेश्य प्राप्तिका लागि अनुकूल नीति, नियम र कार्यविधि नहुँदा पनि संस्थाहरू समस्यामा परेका छन् ।

संस्था दर्ताको बखतमा नमूना विधान नाम, ठेगाना, उदेश्य कार्य लगायतका केही दफाहरू परिवर्तन गरेर संस्था दर्ता गर्ने प्रचलन छ । यसरी दर्ता गरिएको विधान नै सामाजिक संस्था सञ्चालनका लागि बाधक साबित हुने गरेका छन् ।

संस्था आफैँ सक्रिय र निष्क्रिय हुने होइन । संस्थाको क्रियाशिलता नेतृत्वको भूमिका अनुरुप हुने गर्दछ । नेतृत्वमा संस्था प्रतिको जिम्मेवारी र जवाफदेहिता हुनुपर्दछ । नेतृत्वले संस्था उदेश्य काम कर्तव्यलाई इमानदारिताका साथ पूरा गर्ने प्रतिबद्धताका साथ लाग्ने हो भने संस्थाको भविष्य उज्वल हुनेछ ।

नेतृत्वमा आर्थिक पारदर्शिता, सुशासन, जिम्मेवारी र दूरदर्शी दृष्टिकोण हुने हो भने संस्था सञ्चालनका क्रममा आउने विभिन्न आरोह, अवरोहहरूलाई पार लगाउन सकिन्छ ।

संस्थाको नेतृत्वमा रहेपनि, नरहेपनि दृढ संकल्प, निस्वार्थ भावना, मन र मस्तिष्कमा संस्था प्रतिको माया, त्याग र स्वयम्सेवी भावना भयो भने सामाजिक संघ, संस्थाहरू जीवन्छ रहने अनुमान लगाउन सकिन्छ ।

संस्थामा आफू ठूलो र अरु अयोग्य भन्ने भावनाले गर्दा निषेध भइरहेको कतिपय ठाउँमा पाइन्छन् ।

काम, कर्तव्य, जिम्मेवारी पालना गर्नुभन्दा पनि अधिकार मात्र खोज्ने स्वार्थ प्रवृत्तिका कारण आफ्नै फूलबारीमा हुर्कदैँ गरेको सामाजिक संस्थाको कललिलो मुना आफ्नै हातबाट निमोठिएको समेत कतिपयलाई पत्तै हुँदैन । मालीलाई नै कोपिलामै फूल झरेको पत्तै हुँदैन । र, दोष चाहिँ भवँरालाई दिएर हरियाली बगैँचा, प्रकृति सुन्दरता र फूलको सुवास खोज्नुको अर्थ नहोला ।

तसर्थ, यी सम्पूर्ण चुनौतीहरूबीच हामीले आयुर्वेद क्षेत्रको विकासका लागि पेशागत हकहितका लागि सबै आयुर्वेद क्षेत्रलाई एउटै छानामुनि आवद्ध गराउने जमर्को गरेका छौँ । आम आयुर्वेद क्षेत्रको साथ, सहयोग बिना यो समस्याको संस्थाको उदेश्य पूरा गर्न सकिदैँन ।

अन्त्यमा, नेपालको आयुर्वेद क्षेत्रमा आवद्ध सम्पूर्ण आयुर्वेद, चिकित्कि, आयुर्वेद औषधि उत्पादक, आयुर्वेद स्वास्थ्यकर्मी, आयुर्वेद व्यवसायी, आयुर्वेद विज्ञहरू र आयुर्वेद क्षेत्रमा योगदान गर्नुहुने सबै महानुभावहरूलाई यस राष्ट्रिय आयुर्वेद एशोसिएशन नेपालमा आवद्ध भई आयुर्वेद क्षेत्रको विकामा हातेमालो गर्नुहुन अनुरोध गर्दछौँ ।
जय आयुर्वेद ।

(भट्टराई राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालका अध्यक्ष छन् ।)

 

Tags: जगतबहादुर भट्टराईराष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.