इटहरी : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले सुनसरी जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन आयोगले जिल्लाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुन अधिकारीलाई जिम्मेवारी तोकेको छ । उनलाई निर्वाचन क्षेत्र नम्बर ४ को जिम्मेवारी पनि दिइएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा सर्वोच्च अदालत काठमाडौंका इजालास अधिकृत रुद्रप्रसाद अर्यालललाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ ।
आयोगले निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता एकराज अधिकारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा राजस्व अनुसन्धान विभाग ललितपुरका उपन्यायधिवक्ता विदुरकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ ।














Discussion about this post