ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, डीएसपी कैलाश राईले जानकारी दिए ।
बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए ।
घटना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई पक्राउ गरिएको हो ।
लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको डिएसपी राईले बताए ।














Discussion about this post