ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार एकजनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । थप एक जनाको भने खोजी भइरहेको छ।
फुङलिङ नगरपालिका ३ हेलिप्याड घर भएका एक जनालाई लुटपाट भएकै दिन बिहान भानुजन माविको छेउबाट पक्राउ गरिएको थियो ।
लुटेको नगद ६ लाख र झोलामा सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेको हो ।














Discussion about this post