विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले दुईजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का ४० वर्षीय मनोज भन्ने चुलाई पासवान र विराटनगर ५ का ३० वर्षीय विकास मण्डल रहेका छन् ।
मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले पासवान बहुविवाह मुद्धामा ६ महिना ४ दिन कैद, १० हजार रुपैयाँ जरिवाना र मण्डल बिना प्राविधिक औषधी पसल सञ्चालन मुद्धामा ५ महिना ४ दिन कैद, १० हजार रुपैयाँ जरिवाना बेरुजु रहि फरार रहेका थिए ।
फरार रहेका उनीहरू लाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।














Discussion about this post