इटहरी : नेपाली कांग्रेसले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।
पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो ।
उनीहरूलाई पार्टीको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिए कारबाही हुने चेतावनी पनि दिइएको थियो ।














Discussion about this post