तरहरा : तरहरा जेसीजले सप्ताह कार्यक्रम अन्तर्गतको तेस्रो दिन कर्पोरेट फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
मंगलबार तरहरा फुटसलमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा यहाँका विभिन्न सातवटा स्कुल सहभागी थिए ।
सुरज क्षेत्रीको संयोजकत्वमा भएको फुटसल प्रतियोगितामा तरहरा आसपासका सातवटा विद्यालयले सहभागी जनाउँदा हिमशिखर बोर्डिङ स्कुल प्रथम भएको छ ।
यस्तै, पूर्वाञ्चल बोर्डिङ स्कुल द्वितीय र जनसहयोग मावि तृतीय भए । अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगितामा शिक्षकहरूबीच मैत्रीपूर्ण प्रतिष्पर्धा भएको थियो । शिक्षकबीच रोचक प्रतिष्पर्धामा भएको थियो ।
विजेतालाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा इटहरी २० का वडाध्यक्ष तथा तरहरा जेसीजका पूर्व अध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि थिए । उनले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए ।
यस्तै, कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष सन्तोष रेग्मी र पूर्व अध्यक्ष मेदनकुमार घिमिरेले शुभकामना मंतब्य राखेका थिए ।
तरहरा जेसीजका अध्यक्ष उमेश राईको सभाध्यक्षमा सम्पन्न भएको थियो । बुधबार (भोलि) बिहान तरहराको सगरमाथा खेल मैदानमा रक्तदान कार्यक्रमको आयोजना हुने बताइएको छ ।












Discussion about this post