निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका छन्।
निर्वाचन आयोगले आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धता अनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे।
उनले भने, ‘दलहरुसँगको छलफल र परामर्शबाट नै निर्वाचन आचारसंहिता बनाइएको हो। सबै दलले यसको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएकाले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ।’
आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताए।
उनले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।














Discussion about this post