विराटनगर : मोरङमा ग्यास लिक हुँदा एकजना कर्मचारीको मृत्यु भएको छ ।
विराटनगर ४ स्थित रामजानकी शीतभण्डारमा ग्यास लिक भएर विराटनगर ५ को चाखालका ६० वर्षीय निर्जन चौधरीको मृत्यु भएको हो ।
चौधरीले शीतभण्डार चिसो पार्ने बन्द भएको एमोनिया ग्यास खुलाउन मर्मत गर्नेक्रममा अचानक ग्यास लिक हुँदा निसासिएर उनको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
चौधरी तीन दिनअघिमात्रै शीतभण्डारमा भर्ना भएका थिए ।
मोरङ प्रहरी टोलीले अक्सिजन ग्यास प्रयोग गरेर चौधरीलाई उद्धार गरी विराटनर्सिङ होममा उपचारका लागि लगेपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post