ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले घर–आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुवात गरेको छ ।
ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाका लागि घर–आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो ।
भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो ।
तर, गाउँपालिकाले घर–आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।
उनले भने, ‘हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ।’
गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।














Discussion about this post