इटहरी : नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरीले ३० वर्षदेखि नभएको विकासका काम आँफूले पाँच वर्षमै गर्ने बताएकी छन् ।
इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै चौधरीले यो क्षेत्रमा ३० वर्षदेखि एकै व्यक्तिले जितेको र आँफूले यसपटक जितेको अवस्थामा पाँच वर्षमै विकास गर्ने बताइन् ।
यसपटक जनताले आँफूलाई न्याय गर्ने उनको भनाइ थियो ।
उनले भनिन्, “दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाँधली भयो, न्यायका लागि अदालत गएँ, अदालतबाट पनि न्याय पाईँन, यसपटक चुनावमार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु । ”
यसपटक यहाँका मतदाता परिवर्तनको पक्षमा रहेको उनले बताइन् ।
चौधरीले आँफूले जितेको अवस्थामा इटहरीको बाढी र डुबानको समस्या समाधान गर्न ब्यवस्थित कार्ययोजनाका साथ काम गर्ने प्रतिवद्धता जनाइन् ।














Discussion about this post