Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

सुनसरीका सिडिओ भन्छन्, ‘हरेक मतदानस्थल संवेदनशील छ, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०७९
in निर्वाचन, समाचार
0
सुनसरीका सिडिओ भन्छन्, ‘हरेक मतदानस्थल संवेदनशील छ, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्छौँ’

तस्वीर : गुरु ढकाल ।

115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आँफूहरू गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

शनिबार (आज) इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा संवाद समूह सुनसरीको सहकार्यमा भएको निष्पक्ष, स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ यादवले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन् ।

‘सुनसरीमा निर्वाचनका लागि कुनै समस्या छैन, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्छौँ,’ यादवले भने, ‘हरेक मतदानस्थल संवेदनशील छ र हरेक मतदानस्थल सामान्य पनि छ ।’

उनले सबैजसो मतदानस्थल संवेदनशील र सबैजसो सामान्य रहेको तर्क गरे ।

सञ्चार माध्यममा जनमत हुँदैन तर जनमत सृजना गर्ने तागत हुने भएकाले कोही उम्मेदवारलाई ‘हेभीवेट र कमजोर’ भनेर विश्लेषण नगर्न उनको आग्रह छ ।

जिल्लामा केही मानिसहरूले निर्वाचन बहिष्कार गर्ने सांकेतिक विरोध गरेपनि आँफूहरूले छलफल गरेकाले कुनै किसिमको नकारात्मक गतिविधि हुन नदिन सुरक्षा निकाय गम्भीर रहेको उनको भनाइ छ ।

मौन अवधिको समयमा ‘भोट किनबेच’ हुने कुरा उठिरहँदा पछिल्लो समय मतदाता शिक्षित भएको उनले बताए ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जिल्लामा केही आचारसंहिता उल्लघंन भएका घटना भएपनि आँफूहरू अनुगमनकै क्रममा रहेको बताए । मतदातालाई मिथ्या सूचनाको पछि नलाग्न पनि उनले सजगता हुनुपर्ने बताए ।

‘हामीले कतिपय मतदानस्थलमा अपाङ्गमैत्री बनाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘अपाङ्ग र जेष्ठ नागरिकमैत्री हिसाबमा निर्वाचन हुन्छ ।’

उनले निर्वाचनताका कतिपय मतदातालाई प्रलोभनमा पार्ने किसिमका गतिविधि नियन्त्रण गर्न मिडियाले पनि खबरदारी गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्व सञ्चारकर्मीहरूले निर्वाचनताका सञ्चारमाध्यमले गर्नुपर्ने भूमिकाका विषयमा बोलेका थिए ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सुनसरीमा रहेका चार निर्वाचन क्षेत्रमा अहिले दलहरूका उम्मेदवार घरदैलोमा छन् । उम्मेदवारले आचारसंहिता उल्लघंन गरेमा निर्वाचन आयोगलाई जानकारी गराउन अपिल गरिएको छ ।

Tags: #सुनसरीइन्द्रदेव यादवनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    156 shares
    Share 62 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.