झापा : झापाको काँकडभिट्टा नाकाबाट प्रहरीले करीब १३ लाख मूल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो ।
बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्नासाथ तस्करले छाडेर भागेको बुझिएको छ ।












Discussion about this post